Skip to main content

Donate Today

Every gift, no matter the size, helps change children’s lives.

वस्तु र सेवाहरूको लागतका लागि असल विश्वासको अनुमान (गुड फेथ एस्टमेट) का अधिकारहरूको स्पष्टीकरण

वस्तु र सेवाहरूको लागतका लागि असल विश्वासको अनुमान (गुड फेथ एस्टमेट) का अधिकारहरूको स्पष्टीकरण

सबै स्वास्थ्य स्याहार प्रदायकहरूले बीमा नगरेका वा बीमाको प्रयोग नगरिरहेका अबीमाकृत बिरामीहरूलाई निर्धारित वस्तु वा सेवाहरू वा अन्य गैर-आपतकालीन वस्तु वा सेवाहरूको अनुरोधमा उनीहरूलाई बिल गरिने रकमको अनुमान प्रदान गर्न आवश्यक पर्छ। बीमा भएका वा नभएका जो कोहीले पनि असल विश्वासको अनुमानका लागि अनुरोध गर्न सक्नुहुन्छ।  यहाँ (https://www.chop.edu/centers-programs/billing-and-insurance/request-cost-estimate) गई लागत अनुमानका लागि अनुरोध गर्नुहोस्।

तपाईं अबीमाकृत हुनुहुन्छ भनेः

  •  तपाईंलाई निर्धारित वा गैर-आपतकालीन वस्तु वा सेवाहरूका लागि बिल गरिने रकमको असल विश्वासको अनुमान प्राप्त गर्ने अधिकार छ। अनुमानमा भेटको अवधिमा प्रदान गरिने वस्तु र सेवाहरू, जस्तै चिकित्सा परीक्षण र अस्पताल शुल्कहरूका लागतहरू समावेश हुनुपर्छ।
  • तपाईंको चिकित्सा सेवा वा वस्तु निर्धारित गर्नुभन्दा कम्तीमा 1 कार्य दिनअघि तपाईं लिखित रूपमा अनुमान प्राप्त गर्न हकदार हुनुहुन्छ।  तपाईं कुनै वस्तु वा सेवा निर्धारित गर्नुअघि आफ्नो स्वास्थ्य स्याहार प्रदायक र आफूले छनोट गरेको कुनै अन्य प्रदायकसँग पनि असल विश्वासको अनुमानका लागि अनुरोध गर्न सक्नुहुन्छ।

तपाईं बीमाकृत हुनुहुन्छ भने, तपाईंले निर्धािरित गर्न चाहनुभएका गैर-आपतकालीन वस्तु वा सेवाहरूका लागि तपाईंलाई बिल गरिने रकमको असल विश्वासको अनुमानका लागि पनि अनुरोध गर्न सक्नुहुन्छ।

तपाईंसँग बीमा भए वा नभए तापनि, तपाईंले पूर्वानुमानित वस्तु वा सेवाहरूका लागि प्राप्त गर्ने अनुमान तपाईंको उत्तरदायित्वका अनुसार तपाईंलाई बिल गरिएको रकमभन्दा एकदमै बढी भएमा, तपाईं बिलको सम्बन्धमा विवाद गर्न सक्नुहुन्छ।
कृपया आफ्नो असल विश्वासको अनुमानको प्रतिलिपि वा तस्विर बचत गर्नुहोस्।

असल विश्वासको अनुमानका लागि तपाईंको अधिकारबारे प्रश्नहरू वा थप जानकारीका लागि www.cms.gov/nosurprises मा जानुहोस् वा नो सरप्राइजेज हेल्पडेक्सलाई 1-800-985-3059 मा फोन गर्नुहोस्।

Jump back to top